युवराज सफलले टिकटक बन्द गराउन माग गर्दै दिए निवेदन

रिपोर्ट नेपाल | 2023 Aug 29 | 07:35 pm 2653

काठमाडौं, भदौ १२। टिकटकको प्रयोगले नेपालमा छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लिलता अपराध वृद्धि भएको भन्दै युवराज पौडेल सफलले नेपालमा टिकटक बन्द गराउन माग गरेका छन् ।

उनले टिकटक बन्द गराउन माग गर्दै सरकारकी प्रवक्ता तथा सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्मासमक्ष निवेदन दिएका हुन ।

उनको निवेदनमा भनिएको छ ‘तत्कालका लागि टिकटक बन्द गराउन माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । साथै, टिकटक चलाउनै परेको खण्डमा पहिले नेपालमा सञ्चालन अनुमति लिन लगाउने र टिकटक सञ्चालन मापदण्ड, आचारसंहिता लागू गराउने र फेक आइडीहरुलाई चल्न नदिने वातावरण बनाई टिकटकलाई कानूनी दायरामा ल्याउन समेत माग गर्दछु’ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.