बालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

रिपोर्ट नेपाल | 2023 Aug 29 | 03:13 pm 2861

काठमाडाैं, भदाै १२  ।  १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँको एक विद्यालयका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–७ का झुलबहादुर थापा रहेको प्रहरीले जानकारी दिएको छ ।

उनी स्थानीय ज्यामिरेमाई प्राविका प्रधानाध्यापक हुन् । पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् ।

घटनापछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको भोर्लेटारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अबदेश विष्टले जानकारी दिएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.