भोली बुटवलमा समाजवादी मोर्चाको सन्देश सभा हुने

| 2023 Aug 28 | 09:50 pm 1897

काठमाडाैं, भदौ ११ । चार दलिय गठवन्धनबाट निर्माण गरीएको समाजवादी मोर्चाको प्रथम सन्देश सभा हुने भएको छ । मोर्चा गठनका विषयमा चर्चा परिचर्चा र प्रश्नहरु उठीरहेका समयमा हुन लागेको सन्देश सभा बुटवल मण्डपमा रहेको बुटबल अन्तराष्ट्रिय सम्मेलन  केन्द्रमा हुने भएको छ।

सन्देश सभाको उद्‌घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा मोर्चा गठनको औचित्य र आगामी दिनमा मोर्चाको कार्यदिशा वारे नेताहरुले जानकारी गराउने कार्यक्रम रहेको छ । समाजवादी मोर्चाको सन्देश सभालाई नेकपा, समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का अध्यक्ष नेत्र विक्रम चन्द लगायतका नेताले सम्बोधन गर्ने भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेपाल बाहिर भएकोले उक्त पार्टीबाट प्रतिनिधि जाने बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया