नेपाली कांग्रेसले वीपी साहित्य महोत्सव गर्ने

| 2023 Aug 28 | 05:02 pm 1781

काठमाडाैं, भदाै ११ । नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय वीपी कोइरालाको १ सय १० औं वीपी जयन्तीका अवसरमा वीपी साहित्य महोत्सव हुने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजना र नेपाली लेखक संघको संयोजनमा सम्पन्न हुने साहित्य महोत्सव भदाै २४ मा शुरु भई २६ गते सम्पन्न हुने प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए । कार्यक्रम बारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख विश्वकर्माले तिन दिन महोत्सव भव्यताका साथ मनाइने जनाए । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा हुने मनोविश्लेषणात्मक साहित्य देखि वीपीका विषयमा विभिन्न विषयगत साहित्य कार्यक्रम हुनेछ ।

महोत्सवमा कविता साँझ,  गजल साँझ, साङ्गितिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र ऐतिहासिक फोटो प्रदर्शनी गरिने प्रमुख विश्वकर्माले बताए । कांग्रेसको इतिहासमा यस्तो महोत्सव पहिलो पटक गर्न थालिएको छ । महोत्सवमा प्राज्ञिक, साहित्य अनुरागी, बुद्धिजिवी, अध्येता लगायत सबैलाई आमन्त्रण गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.