भेनेजुयलामा ७.३ रेक्टरस्केलको भुकम्प, सुनामीको संकेत

| 2018 Aug 22 | 06:47 am 3129

काठमाडौं, भदौ ६: भनेजुयलाको तटीय शहर इरापा र ट्रेमोरको क्षेत्रमा १२३ किलोमिटरको गहिराइमा ७.३ रेक्टरस्केलको भूकम्प गएको अमेरिकी भूगर्भ अध्ययन संस्थाले जनाएको छ।

राजधानी करकसबाट ६२२ किलोमिटर टाढा पर्ने उक्त क्षेत्रमा गएको भुकम्पको केन्‍द्रविन्दु यगुवापारो शहरभन्‍दा २० किलोमिटर उत्तरपश्चिम क्षेत्रमा रहेको जनाइएको छ।

गुइरिया शहर र राजधानीसम्म यसको असर भएको र केही भौतिक संरचनाहरुमा क्षति भएको थियो। भुकम्प भएसँगै सुनामी आउनसक्ने जनाइएको छ। त्यसआसपासका जनतालार्इ सुरक्षित स्थानतीर रहन आग्रह गरिएको छ।

भूकम्पमा परी धेरैको हताहती भएको हुनसक्ने जनाइएको छ। तर घटनाको यकिन विवरण भने आइनसकेको जनाइएको छ।

सन् १९९७ मा यही स्थानमा गएको भूकम्पमा परी दर्जनौं मानिसहरुले ज्यान गुमाएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.