काठमाडाैं, भदाै १० । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्याएको भन्दै काठमाडाैं जिल्ला अदालतमा चार पूर्व मन्त्रीसहित २ सय ९० जनाविरूद्ध किर्ते सम्बन्धि मुद्दा दायर भएको छ।
सरकारी वकील कार्यालयले सञ्चार सचिव कृष्ण बहादुर राउत, दाङका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्य,सीपीका खेतान लगायत २९० जनालाई प्रतिवादी बनाएको हो ।
त्यस्तै ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले किर्ते कामबाट जोडिएको जग्गा किनेका ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ। उनीहरुमाथि किर्तेको अभियोग भने छैन ।
बालुवाटारस्थित ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले करिब १८ अर्ब रूपैयाँ नोक्सानी ठहर गर्दै किर्ते तथा संगठित अपराध अनुसन्धान प्रतिवेदनमा २ सय ८६ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन पेश गरेको थियो।