हाम्रो देश नेपाल

रिपोर्ट नेपाल | 2023 Aug 27 | 11:12 am 1337

कविता

हिमालको काखमा

पहाड र तराईको

आँगनमा रम्न पाएको छ

मेची देखि महाकालीसम्म

स्वस्थ हावापानीले

शुद्धता छाएको भूमि हाम्रो नेपाल

 

नदी खोला र झरनाका

छङछङ शब्दबाट

गुञ्जन आवाज

सुनिरहूँ जस्तो लाग्ने, सुन्दर भूमि

हाम्रो देश नेपाल ।

 

ठूल्ठूला नदीहरु सुसेली छर्दै

बगिरहँदा

भरिपूर्ण जलस्रोतले मन छुने

हाम्रो देश नेपाल ।

 

देवी देवताको नगण्य

वासस्थल बनेको

विभिन्न जातजातिको

फूलबारी हाम्रो देश नेपाल ।

 

लाली गुँरासले रङ्गिएको

साैन्दर्यभित्र

डाँफे र मयूरजस्ता

राष्ट्रिय पंक्षी रमाउँदै

छमछम नाचेको देश

हाम्रो देश नेपाल ।

 

पहाड र तराईका

विशाल जङ्गलभित्र उम्रने

अनगिन्ती जडीबुटीले भरिभराउ

हाम्रो देश नेपाल ।

 

उत्तर र दक्षिणका विशाल

देशका बीचमा

आफ्नो पहिचान राख्न सफल

हाम्रो देश नेपाल ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.