काठमाडाैं प्रहरीमा खत्रीको स्वागत कार्कीको विदाई

| 2023 Aug 25 | 02:38 pm 2361

काठमाडाैं, भदाै ८ । प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले आज काठमाडाैंको सुरक्षा कमाण्ड सम्हालेका छन् ।

वरिष्ठ उपरीक्षक खत्रीलाई जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रहरी उपरीक्षक कुमुद ढुङ्गेलले स्वागत गरेका थिए । नेपाल प्रहरी भित्र अब्बल र व्यवसायीक अधिकृतका रुपमा परिचित खत्रीले यस अघि विभिन्न स्थानको कमाण्ड गर्दा अपराधकर्ममा सकृय अपराधीको आँखाको कसिंगर बनेका थिए ।

साथै जिल्ला परिसर काठमाडाैंको छाेटाे कमाण्ड पछि महानिरीक्षकको सचिवालयमा सरुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीको समेत विदाई गरिएको छ । काठमाडाैंको छाेटो कमाण्डमा कार्कीले उल्लेख्य कार्य गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.