मुटु भित्र लुकाउछु सजाउन सकिन

रिपोर्ट नेपाल | 2023 Aug 24 | 04:21 pm 4417

गजल

तिमीलाई गार्हो भयो कि खबर पाउन सकिन
अनायसै टाढा भयौं खोजी धाउन सकिन।

सोचेको थिएँ क्षितिजमा रमाउला तिमी संगै
मन पो कतै दुखायौ कि बोलाउनै सकिन।

मीरा जस्तै एकोहोरो प्रेम गरें तिमीलाई,
राधाकृष्ण प्रेमी जस्तै संसार छाउन सकिन।

एक झुल्को खुशी मिल्दा मन भित्रै सजाएथें,
पारी किनार पुगिसक्यौ फड्की आउन सकिन।

कयौँ पटक टुट्दा पनि दिलले हार नखाए झैँ,
मुटु भित्र लुकाउछु सजाउन सकिन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.