कालिमाटी तरकारी बजार भोलिबाट सुचारु हुने

रिपोर्ट नेपाल | 2018 Aug 21 | 06:07 pm 2317

काठमाडौं, भदौ ५ : सरकारको अनुगमनपछि बन्द भएको कालिमाटी तरकारी बजार भोली बुधबारबाट सुचारु हुने भएको छ । व्यवसायीले आन्दोलनका कार्यक्रम यथावतै राखे पनि लविक्री वितरण भने नरोक्ने निर्णय लिएका हुन् ।

सरकारले आफ्नो माग पुरा गर्ने प्रतिवद्धता नजनाए पनि व्यवसायीले कृषकलाई पर्ने मर्कालाई ध्यानमा राखेर बिक्री वितरण सुरु गर्न लागेको तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष खुमप्रसाद घिमिरेले जानकारी दिए ।

सोमबार भएको अनुगमनपछि व्यवसायीले कालिमाटी बजारमा मंगलबार तरकारीको बिक्री वितरण ठप्प पारेका थिए । संघका अध्यक्ष घिमिरेले आन्दोलनका कारण कृषकको उत्पादन कुहिने अवस्था आउने भएकाले संवेशदनशील भएर बिक्री नरोक्ने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.