दिपकले दिपाश्रीलाई जन्मदिनको अवसरमा भने मेरो जिन्दगीको उत्कृष्ट साथी

| 2023 Aug 24 | 10:11 am 27125

काठमाडाैं, भदाै ७ ।  अभिनेता तथा निर्देशक दीपक राज गिरीले दीपाश्री निरौलालाई जन्मदिनको शुभकामना फेसबुकमा कविता मार्फत दिएका छन् । उनले कविता मार्फत दीपाश्रीलाई आफ्नो जीवनको उत्कृष्ट साथी बताएका छन् ।

बिहीबार बिहान फेसबुकमा उनले दीपाश्रीको जन्मदिनको अवसरमा एक कविता पोस्ट गर्दै सो कुरा बताएका हुन् ।

उनले दीपाश्रीको जन्मदिनका अवसरमा लेखेको कविता यसप्रकार छ–

यो केटी त कस्ति घमन्डि ! मैं हूँ भन्छे !!
बोल्न त परै जाओस हेर्दा पनि हेर्दिन !
आज भन्दा क़रीब ३ दशक अघि तिमि संगको पहिलो भेट , मलाइ आज पनि याद छ …

जसरी हामी किताबको कभर हेरेकै भरमा
पूरै बिषय अनुमान गर्छौ … ठिक त्यस्तै
तिमि प्रतिको धारणा पनि तुरून्तै बनाएको थिए मैले !
तर मलाइ थाहा थिएन यो त्यहि केटी हो
जो अरूको पिडालाइ आफ्नो सम्झेर समय बिताउछे!
ज़िन्दगीको खेलमा आफू हार्छे
तर अरूलाइ जीताउछे !!
म प्रतिको तिम्रो योगदानलाइ त
सिर्फ़ एक शब्दमा बुनेको छू ,
चोट मलाइ लाग्दा, तिम्ले ऐआ भनेको सुनेको छू !
कमजोरी पनि भनिदिन्छू ….
यॉहा हरेकको हातमा क्यालकुलेटर छ
कॉहा फाइदा , कॉहा बेफाइदा ,
कॉहा ज़ोर छ ,कॉहा बिजोर छ
दिमागै दिमागको शहरमा तिमि ,मनको कुरा गर्छो ,
त्यसैले तिम्रो हिसाब कमजोर छ ….
मेरो ज़िन्दगीको उत्कृष्ट साथिलाइ जन्मदिनको लाखौ करोडौ र अरबौ शुभकामना……

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.