जफत गरिएको तरकारी प्रहरीको सहयोगमा बिक्री गर्दै

रिपोर्ट नेपाल | 2018 Aug 21 | 05:43 pm 2476

काठमाडौँ, भदौ ५ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियन्त्रणमा लिएको तरकारी प्रहरीको सहयोगमा बिक्री गर्न थालिएको छ । ललितपुर र बाराबाट तरकारी लिएर आएका गाडीलाई बिल र कागजात माग्दा नदिएको भन्दै सोमबार नियन्त्रणमा लिइएको तरकारी सरकार आफैंले बिक्री गर्न थालेको हो ।

अनुगमन टोलीले काँक्रो, फर्सीलगायत तरकारी लिएरका बा ६ च ९६४ नम्बरको गाडी र बाराबाट आएको ना ४ च ६६३४ नम्बरको गाडीबाट तरकारी जफत गरेको थियो । तरकारी बिक्रीमा सहभागी विभागका शाखा अधिकृत दीपक पोखरेलका अनुसार ट्राफिक प्रहरीको सहयोगमा सर्वसाधरण र सशस्त्र प्रहरीले तरकारी खरिद गरिरहेका छन् ।

टोलीले कालीमाटी तरकारी बजारकै दरभाउमा काँक्रो प्रतिकिलो ५० देखि ६५ र फर्सी ४० देखि ५० रुपैयाँ निर्धारण गरिएको थियो । उक्त मूल्यमा बिक्री नभएपछि टोलीले मूल्य पुनस् घटाएर प्रतिकिलो २५ देखि ३५ रुपैयाँ निर्धारण गरेको जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.