ज्येष्ठ नागरीक सेवा केन्द्र हो कि पार्कीङ्ग र पाैडी पोखरी ?

| 2023 Aug 23 | 05:18 pm 1197

काठमाडाैं, भदाै ६ । २०४६ सालको ऐतिहािसक जनआन्दोलनका कमाण्डर सर्वमान्य नेता स्वर्गिय गणेशमान सिंहको नाम दिएर वडा नं २९ मा निर्माणाधिन वीर गणेशमान सिंह ज्येष्ठ नागरीक सेवा केन्द्र भवन अलपत्र परेको छ ।

संघीय सांसद प्रकाशमान सिंह र प्रदेश सांसद दिपेन्द्र श्रेष्ठले कोषको रकम हालेर निर्माण शुरु भएको भवनको पहिलो तल्ला पार्किङ्ग स्थल भएको छ । पार्किङ्ग निषेधको बोर्ड टाँसिएको उक्त भवनको अन्डरग्राउण्ड पार्कीङ्ग स्थलमा पानी जमेर पाैडी पोखरी जस्तै बनेको छ । पार्किङ्ग निषेध भनेका ठाँउमा गाडी पार्किङ्ग गरिएको छ भने पार्कीङ्गका  लागि बनाइएको ठाँउमा पानी जमेर मच्छर उडेको देख्न पाइन्छ ।

देशभर डेङ्गु रोग लागेर विरामीको चाँप बढी रहेका समयमा घर वरीपरीको खाल्टा खुल्टीमा पानी जम्न नदिन महानगरले चेतनामुलक कार्यक्रम गर्दै आएको छ । दुर्भाग्यका साथ भन्नुपर्दा गणेशमान सिंहको अनुयायी भन्ने वडा अध्यक्ष कुश ढकालको नाकमुनी र वडाले हेर्नुपर्ने भवनको याे दुर्दशा हेर्दा नाम सर्वमान्य नेताको राखेर अपमान गरिएको त होइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.