काठमाडाैं, भदाै ६ । विरगंज महानगरपालिकालाई फोहोर रहित बनाई सुन्दर सफा नगर बनाउने नारा दिई खरीद गरिएका ट्रयाक्टरमा अनियमितता भएको भन्दै आवाज उठेको छ ।
घर सडकको फोहोर ढुवानी गर्नका लागि खरीद गरिएका २१ वटा ट्रयाक्टरको बजार मूल्य भन्दा प्रति ट्रयाक्टरमा तीन लाख बढीको विल पेस भए पछि ट्रयाक्टर खरीद प्रकरणले उग्ररुप लिएको हो ।
सफाई गर्ने नाममा खरिद ट्रयाक्टरका विषयमा स्थानीय र राष्ट्रिय संचार माध्यमले समाचार प्रकाशन गरेपछि अख्तियारको ध्यान केन्द्रित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रयाक्टर प्रकरणका विषयमा पत्र काटेपछि ट्रयाक्टर खरिद र विल बढाउने निर्देशन दिने निर्देशनकर्ताको निद हराम भएको छ ।
बजारमा ६ लाख ३० हजारसम्ममा खरिद गर्न सकिने ट्रयाक्टरको विल ६ लाख ५० हजारको वरिपरिको बनेको समाचार प्रकाशन पछि अख्तियारले १५ दिने पत्र काटेको बुझिएको छ । अख्तियारको पत्रको जवाफ पछि चित्त नबुझे ट्रयाक्टर कम्पनी र सप्लायर्सलाई समेत पत्र काटेर दररेट बारे जानकारी लिन सक्ने अख्तियार स्रोतले रिपोर्ट नेपाललाई बताएको छ ।
अख्तियारको पत्र बारे महानगर प्रमुख राजेसमान सिंहका प्रेस सल्लाहकार महेस दाससँग सम्पर्क गर्दा महानगरलाई पत्र प्राप्त भएको र १५ दिन भित्र उत्तर पठाउने बताए ।