अबैध रुपमा लुकाएको ठूलो मात्रामा युरिया मल बरामद

| 2023 Aug 23 | 12:10 pm 1761

– रबिन्द्र यादव

पश्चिम नवलपरासी,भदौ ६। इलाका प्रहरी कार्यालय सेमरीले अबैध रुपमा भारतबाट ल्याइएको युरिया मल बरामद गरेको छ ।

प्रहरीले विशेष सुचनाको आधारमा जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ३ गिदहा स्थित साधु चमारको फुसले छाएको कच्ची घरबाट लुकाइ राखेको ७० बोरा युरिया मल बरामद गरेको हो ।

त्यसैगरी सोही ठाउँ बस्ने मोतीलाल यादवको घरबाट पनि ४० बोरा युरिया मल बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय सेमरीको प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण चौहानको नेतृत्वमा गएको टोलीले उक्त मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय परासीका सुचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए ।

बरामद गरिएको युरिया मल आवश्यक कार्यवाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको पाण्डेले समेत जानकारी दिए । कुल बरामद गरिएको एक सय दस बोरा युरियाको मूल्य अन्दाजी एक लाख दस हजार रहेेको बुझिएको छ । केही तस्करहरुले किसान बताउदै साइकल तथा मोटरसाइकलमा बोकेर मल ल्याउछन र उक्त खाद्यहरुलाई स्टल गरि राख्छन् पछि धेरै भएपछि पिकअपमा लोड गरि जिल्ला बाहिर पठाउने गरेको स्रोतले बताउछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.