गुल्मेली आँपचाैरका चेलीले भक्तपुरमा धमाका मच्चाउदै

रिपोर्ट नेपाल | 2023 Aug 22 | 04:31 pm 7445

काठमाडाैं, भदाै ५ । गुल्मी जिल्लाको मुसीकोट नगरपालिका वडा नं. छ आँपचाैरमा घर माइती भई काठमाडाैं उपत्यकामा विभिन्न पेशामा आवद्ध महिलाहरुले तिजको गीत कार्यक्रम राख्ने भएका छन् ।

गुल्मी आँपचाैर काठमाडाैं महिला समाजको आयोजनामा हुने तिज कार्यक्रमले आपसी सदभाव बढाउने र लामो समय भेटघाट हुन नसकेका दिदी बहीनी बीच भेटघाट गराउने कुरा जमुना खरेलले बताइन् । भक्तपुर जिल्लाको लोकन्थलीमा रहेको एरुडाइट स्कुलमा भदाै १६ गते उक्त कार्यक्रम हुने पनि खरेलले बताइन् । तिज गीत कार्यक्रमले संस्कृती र संरक्षणमा टेवा पुग्ने आशा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.