‘नयाँ ऐनले प्रेस स्वतन्त्रतामाथि बन्देज लगायाे’ – अन्तर्राष्ट्रिय पत्रकार महासंघ

रिपोर्ट नेपाल | 2018 Aug 21 | 04:39 pm 2328

काठमाडौँ, भदौ ५ : भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४ ले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि बन्देज लगाएको अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)ले बताएको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले नयाँ अपराध संहिताले गरेको व्यवस्था प्रेस स्वतन्त्रताको मर्म विपरित भएको बताएको हो ।

अपराध संहिताको गोपनियता र मानहानी सम्बन्धी व्यवस्थाको दफा २९३ देखि ३०८ ले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्दै अभिव्यक्ति स्वतन्त्रतालाई अपराधको रुपमा व्याख्या गरेको महासंघले ठहर गरेको छ। दफा २९३ ले बिना पूर्व इजाजत कसैको पनि कुराकानी सुन्न र रेकर्ड गर्न बन्देज लगाएको तथा २९५ ले बिना इजाजत फोटो खिच्न प्रतिबन्ध गरेको उल्लेख गर्दै उक्त व्यवस्थाले अनुसन्धनात्मक पत्रकारितलाई निरुत्साहित गर्न खोजिएको महासंघले बताएको छ।

ुनयाँ ऐनले लगाएको विभिन्न प्रकारको बन्देज प्रति आइएफजेको गम्भीर ध्यानकर्षण भएको छ,ु विज्ञप्तिमा भनिएको छ, ‘उक्त व्यवस्थाहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय सिद्धान्त विपरित छ। हामी त्यसमा तत्काल संशोधनको माग गर्दछौँ। ती व्यवस्थाहरु पत्रकारलाई प्रताडीत गर्न तथा अभिव्यक्ति स्वतन्त्रतालाई निरुत्साहित गर्न दुरुपयोग हुन सक्ने सम्भावना रहन्छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.