नातिनीलाई जबरजस्ती करणी गर्ने हजुरबा पक्राउ

रिपोर्ट नेपाल | 2023 Aug 21 | 08:37 pm 3161

इलाम, भदौ ४ । आफ्नै १४ वर्षीया नातिनीलाई जवर्जस्ती करणी गरी गर्भवती बनाएको आरोपमा इलामका एक व्यक्ति पक्राउ परेका छन् ।

६५ वर्षीय ती व्यक्तिले आफ्नै छोराकी छोरीलाई एक वर्ष यता करणी गर्दैआएको र उनको चार महिनाको गर्भ रहेको खुलेको जनाइएको छ । दुई दिनअघि पक्राउ गरिएका ती व्यक्तिलाई जिल्ला अदालतबाट आज म्याद थपगरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

पछिल्लो एक वर्ष यता बालिकालाई पटक–पकट करणी गरेको र गर्भ समेत रहेको पीडितको स्वास्थ्य जाँचबाट थाह भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रकाश जबेगुले बताउनुभयो । आरोपित व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ । – गोरखापत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.