कपिलवस्तु, भदाै ४ । जिल्लाको कपिलवस्तु नगरपालिका ५ गोटिहवाबाट भाद्र ३ गते सशस्त्र प्रहरीले करीव ८ लाख ६२ हजार रुपैयाँ बराबरको भन्सार छली गरी ल्याएको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा बिओपी मर्यादापुर कपिलवस्तुले उल्लेखित मुल्यको लत्ताकपडा तथा चप्पल बरामद गरेको जनाएको छ ।
बरामद सामान सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको प्रहरीले जानकारी दिएको छ ।