काठमाडाैं, भदाै ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवरुद्ध संसद खुलाउनका लागि बोलाएको ७ दलको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ।
५ गते सम्मका लागि स्थगित भएको सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर जानकारी दिएको हो ।
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुख देवराज घिमिरेले सभाको अर्को बैठक ५ गते मङ्गलबारसम्म सारिएको संसदका महासचिवद्वारा जारी सूचनामा उल्लेख छ।