विराटनगर, भदाै ३ । नेकपा एमालेको सशक्त भातृ संगठन युवा संघ बेलवारी नगर अध्यक्ष काशीराज तामाङ बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
२० वर्षीया युवतीले बलात्कार गरेको उजुरीका आधारमा ३४ वर्षीय तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
पीडित भनिएकी युवतीले तामाङले आफूमाथि बलात्कार गरेको आरोपसहित किटानी जाहेरी दिएकी छन् । मोरङका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले घटनाबारे सूक्ष्म अनुसन्धान गरिरहेको जनाएका छन् ।