जुम्लाको गुठीचाैरमा मदिरा नियन्त्रण कार्यविधी बनाइयो

| 2023 Aug 20 | 11:13 am 1841

जुम्ला भदौ ३ । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम ढकालले समाजलाई शान्ति सुरक्षामा स्वच्छ र अमनचयन गराउनका लागि नागरीकको भूमीका हुनुपर्ने कुरामा जोड दिएका छन ।

नायव महानिरीक्षक ढकालले सुरक्षित गुठिचौर गाँउपालिका अभियानको उद्‌घाटन गर्दै नागरीक पनि विना बर्दीका प्रहरी भएकोले समाज रुपान्तरणका लागि शान्ति सुरक्षा पहिलो खुट्‌कीलो भएकोले प्रहरी नागरीक हातेमालो गरेर अघि बढ्‌नुपर्ने बताएका थिए। नायव महानिरीक्षक ढकालले कर्णाली प्रदेशमा कर्तव्य ज्यान, जवरजस्ती करणी, लागु औषध, बालयौन दुराचार लगायतका घटना मादक पदार्थ सेवन‌का कारण हुने भएकोले मदिरा सेवनमा नियन्त्रण जरुरी रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ढकालले गुढीचौर गाँउपालिकाको १५ औं गाँउसभाले मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि पारित गरेर प्रशंसनीय कार्य गरेको बताए।

गाँउपालिकाबाट पारित कार्यक्रमलाई लागू गराउन प्रहरीले कुनै कसर नराख्ने पनि ढकालले बताए। गाँउपालिकाका अध्यक्ष दान बहादुर बुढाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष बुढाले कार्यविधिवारे जनतालाई व्यापक बुझाई लागू गरीने बताए।

कार्यविधिमा सेवन गर्नेले मदिरा १८० मिलि र वियर १ बोतल मात्र पाउने उल्लेख गरीएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.