काठमाडाैं महानगरका सबै करार कर्मचारी स्थायी हुने

| 2023 Aug 18 | 01:28 pm 119629

काठमाडाैं, भदाै १ । काठमाडाै महानगरपालिकाले करारमा काम गरिरहेका सबै कर्मचारीलाई स्थायी नियुक्ति दिने भएको छ । महानगरले २०६४ साल देखि करार सेवामा नियुक्त सम्पूर्ण कर्मचारीलाई स्थायी नियुक्ति दिने भएको हो ।

सर्बोच्च अदालतको आदेश अनुसार करार सेवमा कार्यरत  सम्पूर्ण कर्मचारीलाई स्थायी नियुक्ति दिन नगर कार्यपालिका बैठकले निर्णय गरिसकेको महानगरले बताएको छ ।

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार करार सेवामा कार्यरत कर्मचारीहरुलाई स्थायी गर्नका लागि कार्यविधि बनाउने तयारी गरेको जानकारी दिएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.