आफ्नो लिंग आफै काटेका युवकको चितवनमा उपचार हुँदै

| 2023 Aug 18 | 12:30 pm 17893

चितवन, भदौ १  । आफ्नो लिंगमा बिच्छिले टाेकेपछि शरीरभरी विष फैलिने डरले लिंग नै काटेर फालेको बताउने मकवानपुरका एक युवकको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।

मकवानपुरगढी गाउँपालिका वडा ७ का  एक २२ वर्षीय युवकले हेटाैडा बसपार्क नजिकैको फूलबारी होटलमा बसेको बेला शौचालयमा बिच्छीले लिंगमा टोकेको र विष नफैलियोस् भनेर लिंग काटेको बताएका हुन् ।

बुधबार राति लिंग काटेका उनी रगत बग्न बन्द नभएपछि उपचारका लागि आफै  हेटौंडा अस्पताल पुगेका थिए । हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकले उनलाई सोही दिन राति नै चितवन मेडिकल कलेज भरतपुरमा पठाएका थिए । उनको शल्यक्रिया गर्नुपरेको र अवस्था सामान्य रहेको चितवन मेडिकल कलेजका चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार उनको लिंगको आधा भाग काटिएको छ ।

बिच्छीले टोकेपछि  बिच्छीलाई मारेर झोलामा भएको दाह्री फाल्ने ब्लेड निकालेर लिंग काटेको उनले बताएका छन् । त्यसपछि काटेको भागभन्दा माथि डोरीले बाँधेर आफैं मेडिकलमा गएर औषधि किनेर लगाएको तर रगत नरोकिएपछि अस्पताल गएको उनको भनाइ छ । ‘पाउडर, मल्हम किनेर लगाएँ तर रगत रोकिएन,  अब मबाट हुँदैन भनेर अस्पताल गएँ,’ अस्पतालको एकजना डाक्टरलाई अलग्गै बोलाएर उपचार गर्न भनेँ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.