भन्टा खानुका यस्ता छन् फाइदा

रिपोर्ट नेपाल | 2023 Aug 17 | 02:06 pm 10205

एजेन्सी: तपाईं तरकारीमा भन्टा कतिको खाने गर्नुहुन्छ ? थोरै खानुहुन्छ वा खान रुचाउनुहुन्न भने आजैबाट खान शुरु गनुहोस्। किनकी भन्टा मानव स्वास्थ्यका लागि निकै फाइदाजनक तरकारी हो।

भन्टामा पर्याप्त मात्रामा आइरन पाइन्छ। शरीरमा आइरन बढाउन मात्र होइन भन्टाले मानब शरिरमा मुटु रोग लगाउने खराब कोलेस्टेरोल घटाउन समेत मद्धत गर्छ। रक्तचापलाई नियन्त्रणमा राख्न समेत सहयोग पुर्याउने भन्टामा मानिसलाई चाहिने पोटासियम समेत पर्याप्त मात्रामा पाइन्छ।

अझ तपाई धुम्रपानको लतमा हुनुहुन्छ र अथक प्रयासका बाबजुत पनि लत छाड्न सक्नु भएको छैन भने भन्टाले तपाईलाई सहयोग गर्छ। भन्टामा थोरै मात्रामा निकोटिन समेत पाइने भएकाले चुरोट विस्तारै छाड्न यस्ले सहयोग गर्दछ। चुरोटका अम्मलीले नियमित भन्टा सेवन गर्ने हो भने यस्ले चुरोटको तलतललाई विस्तारै कम गर्दै लान्छ र छुटाउन मद्धत गर्छ।

भन्टामा एन्टिअक्सिड समेत पाइने भएकाले छालाको क्यान्सरबाट समेत बचाउँदछ। पर्याप्त मात्रामा क्यालोरीको स्रोत समेत रहेको भन्टामा पानीको मात्रा समेत धेरै हुन्छ। जस्को सेवनले मोटोपन समेत घटाउन सहयोग पुग्छ।

मधुमेहको रागीका लागि समेत भन्टा उपयोगी हुन्छ। फाइबरको मात्रा धेरै रहेकाले मधुमेहका बिरामीको सुगरको मात्रा मिलाउन समेत यस्ले मद्धत गर्छ। टाइप टु मधुमेह भएकाहरुलाई अझ यो बढी प्रभावकारी हुन्छ। भन्टाले कपाल झर्ने समस्यालाई समेत कम गर्न मद्धत पुग्दछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.