टिप्स/जानकारी झाडापखला, हैजा र डेंगुबाट बच्ने उपाय

रिपोर्ट नेपाल | 2023 Aug 17 | 02:00 pm 1585

– सधैं पानी उमालेर वा क्लोरिन झोल प्रयोग गरेर मात्र पिऔं ,
– व्यक्तिगत सरसफाई (विशेष गरी हातको सरसफाई) मा ध्यान दिऔं ,
– बासी सढेगलेका खानेकुरा नखाऔं,
– खानालाई छोपेर राखौं ,
– काँचै खान मिल्ने फलफुल र तरकारीको सरसफाईलाई विशेष ध्यान पुर्याऔं
साथै एडीस जातका लामखुट्टेको (कालो-सेतो छिर्केमिर्के देखिने) टोकाईबाट सर्ने डेंगी रोगबाट बच्न:
– आफ्नो घर वरपर तथा कार्यस्थलमा सफा पानी जनेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएको हुँदा पानी जम्न नदिऔं
– घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हालौं
– जुनसुकै बेला सुत्दा झुलको प्रयोग गरौं
– पुरै शरिर ढाक्ने लुगा लगाऔं र सचेत रहौ
साथै खाद्यन्न तथा खानेपानी वितरक सम्पुर्ण सरोकारवाला निकाय तथा व्यवसायीहरुलाई सचेत रहन अनुरोध गर्दछौं । – स्वास्थ्य खबरबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.