अर्घाखाँचीमा सम्बन्धविच्छेदका २७३ मुद्दा दर्ता

| 2023 Aug 17 | 07:37 am 1729

अर्घाखाँची, साउन ३२ । जिल्ला अदालत अर्घाखाँचीमा आर्थिक वर्ष २०७९-८० मा सम्बन्धविच्छेदका २७३ मुद्दा दर्ता भएका छन् । जसमध्ये १५९ मुद्दा फैसला भएको कार्यालयका सूचना अधिकारी टेकराज गैरेले बताए । अब ११४ मुद्दा फैसला हुन बाँकी रहेको उनको भनाइ छ ।

यसअघि अधिकांश महिला सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्न आउने गरेकोमा अहिले पुरुष पनि आउने गरेका छन् । आर्थिक वर्ष २०७९/८० मा पुरुषले मात्र ५५ मुद्दा दर्ता गराएको उनले बताए । यस्तै, जिल्ला अदालतमा लक्ष्यभन्दा कम मुद्दा फैसला भएका छन् । – राजधानीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.