जनकपुर, साउन ३१ । जिल्ला प्रहरी कार्यालय धनुषा मातहत रहेको लालगढ चाैकीमा कार्यरत प्रहरी जवान रुपेश चाैधरीले एक नावालिकालाई याैन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
मंगलबार राति १० बजे मदिरा पिएर आएका चाैधरीले स्थानीय १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको बताएको छ।
‘ मदिरा सेवन गरेर राति बाटोमा हिडिरहेको बेला वालिकालाई केही भन्नुछ भनेर यौन दुर्व्यवहार गरेको प्रहरीले स्वीकार गरेको स्थानीयवासीले बताएका छन् ।
याैन दुर्व्यवहार गरेका चाैधरीलाई प्रहरी अधिकृतहरूले संरक्षण गरेको आरोप लगाउदै कारवाहीको माग सहित मंगलवार विहान स्थानीयवासीले आधा घण्टा सडक अवरुद्ध गरेका थिए । मिथिला नगरपालिका-९ लालगढका वडाअध्यक्ष सविन थापाले मंगलबार राति नै प्रहरी जवान चौधरीलाई स्वास्थ्य परीक्षण गराउन लैजाने भनेर लगेको र पछि फिर्ता ल्याएर माफी नमागेको भन्दै स्थानीय आन्दोलित भएको बताए।
घटनाबारे विस्तृत जानकारी लिनका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डीएसपी) वेदप्रसाद गौतम नेतृत्वको टोली पनि घटनास्थल पुगीसकेको छ ।