श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षा कोषमा

| 2023 Aug 16 | 02:02 pm 1093

काठमाडौं, साउन ३१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षा कोषमा समेटिएको बताएका छन् ।

प्रधानमन्त्री दाहालले उक्त कुरा कमलादीमा आयोजित एक कार्यक्रममा स्वीच थिचेर अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई कोषमा समेट्ने कामको औपचारिक शुरुवात गर्दा बताएका हुन् ।

अनौपचारिक क्षेत्रका श्रमिकलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो ।

वैशाख १ देखि नै कोषमा समेट्ने भनिए पनि तयारी नपुगेकाले यसको आज औपचारिक घोषणा गरिएको सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले बताए।

यसका लागि अनौपचारिक श्रमिक तथा स्वरोजगार व्यक्तिले सरकारले तोकेको आधारभूत पारिश्रमिकको २० दशमलव ३७ प्रतिशत रकम योगदान गर्नुपर्ने जनाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.