काठमाडाैं, साउन ३१ । प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एक्कासी राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुगेका छन्।
राष्ट्रपति पौडेल र अध्यक्ष ओलीबीच संसदमा उत्पन्न गतिरोध लगायत विविध विषयमा कुराकानी भएको बुझिएको छ।
लामो समय संसद अवरुद्ध गरेको नेकपा एमालेले संसद नचल्दा जनतामा नैराश्यता बढ्ने र नकरात्मक प्रभाव पर्ने भएकोले संसद चल्ने वातावरण बनाउन राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई आग्रह गरेका छन्।
एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै लगातार संसद बैठक अवरूद्ध गर्दै आएको छ।