गालेपछि फेरी घट्यो सुनको ताैल : सुन तस्करी प्रकरण

| 2023 Aug 15 | 03:22 pm 2393

काठमाडौँ, साउन ३० । गत साउन ३ मा  राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकले गालेको छ । राष्ट्र बैंकका एक अधिकृतका अनुसार  गालेपछि सुनको वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको छ ।

राजस्वले सुन बरामद गरेर गाल्न र वास्तविक तौल लिनका लागि राष्ट्र बैंकको टक्सार महाशाखालाई जिम्मा लगाएको थियो । राष्ट्र बैङ्कले सिआइवीका अधिकृतहरूलाई रोहबरमा राखेर मंगलबार सुनको वास्तविक तौल सार्वजनिक गरेको हो ।

टक्सार महाशाखाकाअनुसार सोमबार ब्रेक प्याडबाट अलग गर्दा सुनको तौल ६० किलो ७८९ ग्राम भएको थियो । त्यसपछि गाल्दा केही ग्राम घटेर वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको हो ।

‘रेडी ट्रेड प्रालि’ले  असार ३० मा हङकङकबाट क्याथे प्यासिफिकको उडानमार्फत सुन मगाएको खुलेको थियो  । १६० वटा ‘ब्रेक प्याड’ मा लुकाएर सुन काठमाडौँ ल्याइएको थियो । सुन सहितको ब्रेक प्याडको तौल १५५ किलो थियो । सुन तस्करीमा संलग्न आशङ्कामा हाल १७ जना हिरासतमा छन् । केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’ले सङ्गठित तस्करी विरुद्धको कसुरमा आरोपितहरू विरुद्ध अनुसन्धान गरिरहेको बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.