मोटरसाइकल दुर्घटनामा धुलिखेलका न्यौपानेको मृत्यु

रिपोर्ट नेपाल | 2023 Aug 15 | 12:57 pm 4477

काभ्रे, साउन ३० । बनेपा नगरपालिका वडा नम्बर १३ भैंसेपटीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा धुलिखेल नगरपालिका वडा नम्बर ८ का २१ वर्षिय अभिषेक न्यौपाने रहेका छन् ।

मंगलबार बिहान बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२-०३४ प ११६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०३-००१ ख १५८६ नम्बरको ट्रकमुनि छिर्दा न्यौपानेको मृत्यु भएको जनाइएको छ ।

सख्त घाइते भएका न्यौपानेलाई तत्कालै उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । उपचारकै क्रममा बिहान ११ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.