सय किलो सुन प्रकरणमा तीन सहयोगी महिला पक्राउ

| 2023 Aug 14 | 03:25 pm 3093

काठमाडौँ, साउन २९ । गत साउन ३ गते हङकङबाट क्याथे प्यासिफिकको उडान मार्फत रेडि ट्रेड प्रा‍.लि.ले ल्याएको सुन राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको सुनका विषयमा अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइवीलाई जिम्मा दिएपछि सुन प्रकरणमा संलग्न व्यक्तिहरुलाई सिआइवीले पक्राउ गरिरहेको छ ।

सुन तस्करीमा चिनीया नागरीक संलग्न रहेको प्ररम्भिक अनुसन्धानबाट निष्कर्ष निकाले पछि सिआइवीले एक चिनीया नागरीक महिला सहित २ नेपाली महिलालाई पक्राउ गरेको छ । अनुसन्धानबाट तस्करीमा संलग्न चिनीया नागरीकलाई सहयोग गरेको भेटेपछि उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

पक्राउ परेकाहरु सँग सिआइवीका एसपी संजय सिंह थापाको नेतृत्वको टोलीले उनीहरुसँग सोधपुछ गरिरहेको छ । तस्करीमा संलग्न चिनीयासँग पुग्नका लागि सिआइवीले पक्राउ गरेका ती महिलालाई सुत्रकारुपमा सहयोग लिनु पर्ने भन्दै परिचय गोप्य राखेको बुझिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.