काठमाडौँ,साउन २८ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २६ देखि जेठ ५ गतेसम्म लिइएको कक्षा १२ काे नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ ।
उत्तरपुस्तिका परीक्षणकाे काम सकिएको छ साथै कम्प्युटरमा डाटा इन्ट्री गराउने काम पनि अन्तिम चरणमा पुगेको छ । नतिजा प्रकाशनका लागि सम्पूर्ण कार्य सकेर अब प्राविधिक टिमसँग छलफल गरेर निर्णय गरिने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए ।
अब टेक्निकल कुरा बाँकी रहेकोले हेरेर निर्णय गर्छौ । शैक्षिक क्यालेण्डर अनुसार यो महिनाको अन्तिम भित्रमा नतिजा प्रकाशन गर्ने तालिका पनि छ । त्यही भएर यो महिनाभरमा निकाल्छौं ।’ उनले भने ।
परीक्षामा ४ लाख ६७ हजार ३८९ जनाले परीक्षा दिएका थिए । जसमा ५६ हजार विद्यार्थीले ग्रेड बृद्धिका लागि परीक्षामा सहभागी भएका थिए ।