काठमाडाैं, साउन २६ । रवी लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक द्वन्द्वका कारण संसद अवरूद्ध हुँदाको पार्टीका सांसदहरुले कुनै सेवा सुविधा नलिने भएका छन् ।
संसदीय दलका नेता समेत रहेका सभापति रवि लामिछानेले राजनीतिक द्वन्द्वका कारण अवरूद्ध संसदको समयको कुनै पनि सेवा सुविधा नलिने बताउँदै सभामुख देवराज घिमिरेलाई पत्र बुझाएका छन् ।
