काठमाडाैं, साउन २६ । कार्यकाल समाप्त भएको वर्षों भई सक्दा पनि हुन नसकेको नेपाली कांग्रेस गुल्मी काठमाडाैं सम्पर्क समितिको अधिवेशन भदौमा हुने भएको छ ।
सम्पर्क समितिको अधिवेशन गर्न पटक पटक जिल्ला कार्य समितिले मौखीक निर्देशन दिंदा समेत अलटाल गर्दै आइएकोमा अन्तत जिल्ला कार्य समितिले हस्तक्षेप गर्ने भएपछि सम्पर्क समितिले समय दिन केहि नतोकी भदौमा गर्ने भनिएको छ ।
सम्पर्क समितिको नेतृत्व लिनका लागि केही उम्मेदवारको नाम चर्चा परिचर्चामा आए पनि यूवा नेता विष्णु अर्यालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । २०३६ सालमा हिमालय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दा महेन्द्र भण्डारीबाट सदस्यता प्राप्त गरी प्रजातान्त्रिक धारमा लागेका अर्याल उच्च शिक्षा आर्जन गर्ने शिलशिलामा बुटवल बहुमुखी क्याम्पसको इकाई सचिव भएर काम गरेका नेता हुन । २०४८ सालमा पार्टीको कृयाशिल सदस्यता प्राप्त गरी सकृय भएका विष्णु अर्याल नेपाली कांग्रेस अर्जे गाविसको सभापतिको जिम्मेवारी निभाइसकेका व्यक्तीत्व हुन् ।
द्वन्दकालमा जिल्लामा टिक्नै नसक्ने भएर राजधानी छिरेका अर्याल अहिले पनि थुप्रै सामाजिक संस्थामा नेतृत्वदायी भूमीकामा सकृय छन् । आफ्नो उम्मेदवारी र भावी कार्ययोजनाका विषयमा रिपोर्ट नेपालका सह सम्पादक रुद्रदेव पाण्डेसँग आफ्नो संक्षिप्त भनाई राख्दै अर्याल भन्छन मेरो पहिलो काम पार्टी भित्र देखिएको गुट, उपगुटलाई समाप्त पारी सबैलाई सम्मान आदर गर्दै संगठन चुस्त र दुरुस्त गराउने कुरामा केन्द्रीत हुने बताए।
जिल्ला समिति र सम्पर्क समिति बीच नङ मासुको जस्तै सम्बन्ध बनाई स-साना काममा जिल्लाबाटै काठमाडाैं आउने कार्यलाई रोकेर सहयोगिको भूमीका गर्ने अर्यालको प्रतिबद्धता छ । काठमाडाैं उपत्यकामा रहेका सम्पूर्ण लोकतन्त्रवादीलाई कृयाशिल बनाउन पालिका सभापतिसँग समन्वय राखि संगठन विस्तार गर्ने आफ्नो लक्ष्य रहेको अर्यालको भनाई रहेको छ । जिल्लाबाट आएका दु:ख कस्टमा परेका आम कांग्रेसजनलाई सक्दो सहयोग गर्दै उपचारमा रहेका विरामीलाई साथ सहयोग र रगतको अभाव हुन नदिने अर्यालको प्रतिवद्धता रहेको छ । उच्च नेतृत्वलाई सम्मान र आम कार्यकर्तालाई सद्भावको भावना राख्दै गुल्मी सम्पर्क समितिलाई नमुनाको सम्पर्क समिति बनाएरै छाड्ने विष्णु अर्यालको भनाई रहेको छ ।