काठमाडाैं, साउन २५ । संसद अवरुद्ध लगायतका विषयमा छलफल गर्नका लागि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन्।
उनले बिहीबार दिउँसो ४ बजे आफ्नै निवासमा बैठक बोलाएका हुन्।
कांग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन्।