किशोरी बलात्कार गर्ने रावल पक्राउ

रिपोर्ट नेपाल | 2023 Aug 09 | 05:15 pm 7793

बाँके, साउन २४ ।  १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेख दुल्लु नगरपालिका-६ धामीगाउँ बस्ने २३ वर्षीय सुरेश रावललाई  प्रहरीले पक्राउ गरेको छ ।

रावलले किशोरीलाई  नेपालगञ्ज घुम्न जाउँ भनि ललाई फकाई नेपालगञ्ज उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित होटलमा लगी जबरजस्ती करणी गरेका थिए ।

किशोरीको उजुरी पछि  जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ पक्राउ गरेको  हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.