कविता
गगनचुम्बी घर
आकाश हेरदा टाेपी खस्ने
गेटदखि द्वारसम्म
कार्पेट बिछ्याइएको
स्वागतका लागि
त्यसैले भन्छ म सर्वहारा ।
लाखाैं कराेडाैंकाे गाडीमा
हुइँय हुइँकिने
अगाैटेपछाैटे राखी हिँड्ने
जस्को वातानुकुलित घर छ
उसैले भन्छ म सर्वहारा ।
देशभित्रको कमिसनले डकारिएर
बिचाैलियामार्फत विदेशी डलर हसुरी रहनेले
लाज पचाई पचाई भन्छ
म हुँ सर्वहारा ।
पुरस्कार अभिनन्नदन
विभिन्न विधाबाट
सम्मान भित्र्याउन सफल
कर्तुतवाला भन्छ गाैरवसाथ
म एक नम्बर सर्वहारा ।
स्वदेशको सम्पत्ति
विदेश पुर्याएर
सुरक्षित राख्न सिपालु
जनताको घाँटी रेट्नेले
भन्छ म हुँ देशको
एक नम्बर खाँटी सर्वहारा ।