काठमाडाैं, साउन २३ । सरकारले संसदमा पेश गर्न लागेकाे शिक्षा ऐन २०८० विधेयक विभेदपूर्ण भएको भन्दै एन प्याब्सन, प्याब्सन र हिसानले आन्दाेलनको कार्यक्रम घाेषणा गरेका छन् ।
पाँच वर्ष भित्र सबै शैक्षिक संस्था शैक्षिक गुठीमा रुपान्तरीत हुनु पर्ने भन्दै सरकारले विधेयक पेश गर्ने भएको हो ।
सरकारको उक्त विधेयकप्रति टिप्पणी गर्दै आन्दोलन घाेषणा गरेका शैक्षिक संस्थाहरुले सरकारले निजी विद्यालयप्रति पूर्वाग्रही र अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् । पेश गर्न लागिएको विधेयक नसच्याइएमा कडा आन्दोलन गर्ने भन्दै कार्यक्रमको घाेषणा गरेका छन् ।
आन्दोलनको घोषणा गर्दै एन प्याब्सनका अध्यक्ष पाण्डव हमाल, प्याब्सनका अध्यक्ष डिके ढुङ्गाना र हिसानका अध्यक्ष रमेश सिलवालले संयुक्त विज्ञप्ति जारी गर्दै भोलि २४ गते देशका सबै पालिका जिल्ला कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, प्रदेश तथा मन्त्रालयमा विधेयकका विरुद्ध ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । त्यसैगरी २५ गते माइतिघर मण्डलामा मस्यौदाको विरोध गर्ने, २६ गते सरोकारवाला पक्ष वीच अन्तर्कृया गर्ने, २७ गते आ-आफ्ना संगठनमा समिक्षा बैठक गर्ने र २८ गते देखी देशभरका विद्यालय अनिश्चितकालिन बन्द गर्ने र भदाै १ गते विद्यालयका सम्पूर्ण सवारी साधन देशका मुख्य सहरका सार्वजनिक स्थलमा पार्कीङ्ग गर्ने विज्ञप्तीमा जनाइएको छ ।
विज्ञप्ती :
