संसदको गतिरोध हटाउन बालुवाटारमा छलफल

| 2023 Aug 08 | 01:18 pm 1253

काठमाडाैं, साउन २३ । प्रमुख प्रतिपक्षी दल एमालेले  त्रिभूवन विमानस्थल क्षेत्रबाट समातिएको एक क्विन्टल सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै जारी राखेको  स‌ंसद अवरोध  हटाउने प्रयासमा गठबन्धन दलका शीर्ष नेताहरू र  सभामुखसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमाले छलफलमा जुटेका छन्।

संसदको अवरोध हटाउन प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलको बैठक बसेको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल,  सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित छन्।

राष्ट्रियसभा बैठक्रमा पनि एमाले सांसदहरुको अवरोध कायमै छ। दुइटै सदन चल्न नदिएपछि गतिरोध हटाउनका लागि सभामुख आफैले पहल थालेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.