नागढुङ्गा-नाैविसे सुरुङ मार्गको एउटा टनेल खुल्यो

रिपोर्ट नेपाल | 2023 Aug 07 | 06:14 pm 2453

काठमाडौँ, साउन २२ । २०७६ कात्तिकबाट शुरु भएको  बहु प्रतीक्षित नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यु टनेल ४५ महिना पछि सोमबार नेपाली र जापानी विधिबा६ पुजा गरी ‘ब्रेक थ्रू’ गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदुत, जापानी दातृ निकाय जाईकाका प्रमुख लगायतले संयुक्त रुपमा टनेलको ब्रेक थ्रु गरेका हुन्।

टनेलको निर्माणले त्यस क्षेत्रमा हुने सवारी जाम र आवागमनलाई सहज हुने विश्वास गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.