काठमाडाैं, साउन २१ । बैदेशिक राेजगारीका लागि क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका वडा नं. ६ घर भई हाल जिल्ला काठमाडाैं बुढानिलकण्ठ ३ बस्ने २७ वर्ष की फुलमाया जिरेल हुन् ।
उनले नवराज घिमिरेलाई वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिने भनी पटकपटक गरी जम्मा ३ लाख ७४ हजार रकम लिई सम्पर्क विहीन भई ठगी गरेकी थिइन् ।
काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले फुलमाया जिरेललाई खोजतलास गर्ने क्रममा मिनभवनबाट पक्राउ गरेको सुचना अधिकारी तथा प्रहरी उपरीक्षक मिलन केसीले जनाएका छन् ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाईएको छ ।