काठमाडाैं, साउन २१ । बागमती प्रदेश सरकारले नयाँ मन्त्रालय स्थापना गरेर विना विभागीय रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारलाई जिम्मेवारी ताेकेको छ । मन्त्री चित्रकारलाई उद्योग तथा सामान्य प्रशासन मन्त्रालय स्थापना गरेर जिम्मेवारी दिएको हो ।
प्रदेशका ११ वटा मन्त्रालयमध्ये पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयलाई विभाजन गरी १२ वटा बनाइएको छ। नेपाली कांग्रेसको प्रदेश संसदीय दलका उपनेतासमेत रहेका मन्त्री चित्रकार बागमती प्रदेश सरकारमा लामो समयदेखि विना विभागीय मन्त्रीको रुपमा रहँदै आएका थिए।
कांग्रेसले भौतिक पूर्वाधार मन्त्रालय विभाजन गरी उनलाई जिम्मेवारी दिनुपर्ने माग गर्दै आएको थियो। यद्यपी नेकपा (माओवादी केन्द्र) ले उक्त मागलाई अस्वीकार गरेपछि कांग्रेसकै भागमा रहेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी चित्रकारलाई जिम्मेवारी प्रदान गरिएको बताइएको छ।