अब प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणिकरण अनलाइनबाटै हुने

| 2023 Aug 06 | 03:22 pm 1697

काठमाडाैं, साउन २१ । अब प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणिकरण गर्न लाइन बस्न नपर्ने भएको छ । उक्त सेवाको पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणिकरण गर्ने कार्यको शुभारम्भ गरिएको छ। परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा सो सेवाको शुभारम्भ गरेका हुन्।

उक्त सेवा सुरु भएपछि कम्प्युटर, ल्यापटप प्रयोग गरी अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रलाई प्रमाणिकरण गर्न सकिने भएको छ।  यसअघि सोही कामका लागि दैनिक करिब एक हजार ५०० जना विभागमा लाइन बस्ने गरेका थिए।

सो अवसरमा मन्त्री साउदले यो सेवा सार्वजनिक सेवा प्रवाह प्रभावकारीरुपमा प्रदान गर्ने योजनामा कोशेढङ्गा सावित भएको बताउँदै मन्त्रालयका अन्य सेवालाई पनि नयाँ प्रविधिको सदुपयोग गरी अनलाइन माध्यमबाटै प्रदान गरिने जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.