काठमाडौं, साउन २१ । आफ्नो युवकत्व नेपाली जनताको शान्ति सुरक्षाका लागि सुम्पिएका नेपाल प्रहरीका तल्लो दर्जाका कर्मचारीलाई जताततैबाट पीडित बनाइएको छ ।
आफूले कर्तव्य निर्वाह गरेको संगठनका माथिल्लो दर्जाबाट सधै हेपिने र पेलिने जवान, हवल्दारलाई पछिल्लो पटक अर्थ मन्त्रालयले पेलेको छ । तिस वर्षे सेवा अवधि हटाउन सहमत भएको अर्थ मन्त्रालय तल्लो तहका कर्मचारीको पेन्सनबारे असहमती जनाएर उनीहरुलाई पीडित बनाइएको छ । १६ वर्षमा अवकास हुन पाइने कुराबाट हौसिएका प्रहरी कर्मचारी अर्थ मन्त्रालयको असहमती पछि निरास बनेका छन् ।
गृह मन्त्रालयले सेवा अवधि हटाउन गत असार १८ गते राय सहित सहमती दिएको थियो । १६ वर्ष पछि जागिर छोडन पाइने र पेन्सन दिनुपर्ने कुरालाई अर्थ मन्त्रालायले विस वर्ष पछि मात्रै पेन्सन दिने प्रस्ताव गरेको छ । राज्यकोषमा व्ययभार थपिने भन्दै अर्थले प्रस्ताव गरेपछि तल्लो दर्जाका कर्मचारीले चित्त दुखाएका छन् ।