काठमाडौैँ, साउन २१ । काठमाडौँको तारकेश्वर नगरपालिका–५ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । तारकेश्वर –५ चो गाउँमा गए राति आएको पहिराले नुवाकोट सामरी घर भई हाल तारकेश्वरस्थित चोगाउँमा भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आस्मा तामाङको मृत्यु भएको हो ।
गए राति घरमाथिबाट खसेको पहिरोले तामाङ भाडामा बस्दै आएको घर (टहरो) पुरिएको हो । सोही घटनामा परी आमा सञ्जु तामाङ घाइते भएको र उनको प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ । सञ्जुको शिक्षण अस्पताल महाराजगन्जमा उपचार हुँदै छ भने छोरा भने हाम्फालेर बच्न सफल भएका थिए ।