भूमिगत रेलसेवा सञ्चालनबारे बेलायती विश्वविद्यालयमा अनुसन्धान

रिपोर्ट नेपाल | 2018 Aug 20 | 03:23 pm 2076

लन्डन,भदौ ४ : काठमाडौंको अव्यवस्थित यातायात, ट्राफिक जाम, धूलो र धुवाँको दीर्घकालीन समाधान हुनसक्ने ठानिएको प्रस्तावित भूमिगत रेलसेवाबारे बेलायतीको एक विश्वविद्यालयका विद्यार्थीहरुले अनुसन्धान गरिरहेका छन् ।

बेलायतको वारवीक विश्वविद्यालयमा स्नातकोत्तर तहमा टनेलिङ एण्ड अण्डरग्राउण्ड स्पेस कोर्स पढिरहेका १३ जना विद्यार्थीले काठमाडौं उपत्यकामा भूमिगत रेलसेवाको सम्भावनाबारे तीन महिना लामो अनुसन्धान सुरु गरेका हुन्। उनीहरु मलेसिया, सिंगापुर, चीन, ब्राजिल, फिलिपिन्स, भारत र बेलायतका विद्यार्थीहरु भएको विश्वविद्यालयले जनाएको छ।

ब्रिटिश टनेलिङ सोसाइटीले वारवीक विश्वविद्यालयलाई एमएस्सी टनेलिङ एण्ड अण्डरग्राउण्ड स्पेस कोर्स चलाउन अनुमति दिएको हो जुन सुरुङ सम्बन्धि अध्ययनका लागि बनाइएको विशेष कोर्स मानिन्छ। कोर्स डाइरेक्टर डा। अलान ब्लडवर्थ ५ दिन नेपाल बसेर विज्ञहरुसँग छलफल एवं त्यहांको भौगोलिक वस्तुस्थिति बुझेर फर्किएका थिए।

ती विद्यार्थीहरुले गत जुनदेखि नेपालको सन्दर्भमा सुरुङ कति गहिरो बनाउनेरु स्टेशन कत्रो बनाउनेरु अनुमानित लागत कतिरु बनाउन लाग्ने समय, हुन सक्ने जोखिम र यसका निराकरण आदिबारे अध्ययन सुरु गरेका हुन्। हाल बेलायतमा कार्यरत एकजना परामर्शदाता सिभिल इन्जिनियर डा। बिनोदलाल अमात्यले वारवीकविश्वविद्यालय र नेपालमा उक्त अनुसन्धानका लागि संयोजन गरिरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.