काैडा खेलिरहेको अवस्थामा २२ जना पक्राउ

| 2023 Aug 04 | 02:05 pm 4229

लमजुङ, साउन १९ । काैडा खेलिरहकाे अवस्थामा काैडा र नगद सहित करिव २ दर्जन व्यक्तिहरु प्रहरीले पक्राउ गरेको छ ।

मर्स्याङदी गाउँपालिका-९ मा डेरा गरी बस्ने सोही गाउँपालिका-३ घर भएका ४० वर्षीय धन बहादुर तामाङको कोठामा जुवा (कौडा) खेलिरहेको अवस्थामा  ३६ वर्षीय मिनराज तामाङ समेत २२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५ लाख ७० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.