काठमाडौं, साउन १९ । हालसम्मकै ठूलाे परिमाणको भनीएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको नेतृत्वमा हुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्रीहरु पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठसहित प्रहरीका उच्चअधिकारीहरुसँगको छलफलपछि सीआइबीलाई अनुसन्धान गर्न निर्देशन दिनुभएको हो । सिंहदरवारमा भएको छलफलमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सीआइबी प्रमुख किरण बज्राचार्यलाई आवश्यक कारवाही अघि बढाउन निर्देशन दिइएको हो ।
राजश्व अनुसन्धान विभागले गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर सिनामंगल आइपुग्दा एक सय किलो सुन बरामद गरेको थियो ।
त्रिभुवन विमानस्थल भन्सार छलेर भित्र्याइएको १०० किलो सुन राजस्व अनुसन्धानले बरामद गरेर अनुसन्धान अघि बढाइरहेको अवस्थामा प्रहरीलाई अनुसन्धान गर्न नदिएको भनेर व्यापक जनगुनासो पछि अनुसन्धानको नेतृत्व सीआईबीको हातमा जाने भएको हो।